• Jeetjung Marg, Thapathali, Kathmandu, 44600
  • (977) 1 6219866

उद्यमी फेलोशिप - व्यवसायीक कृषि तालिम 

नेपालमा हाल केही कृषकहरुले सिमित प्राविधिक, व्यावहारिक एवम् व्यवसायिक ज्ञान बाट नै कृषि व्यवसाय सुरु गरेका कारणले उहाँहरुको लगानी तथा परिश्रमबाट निकै कम प्रतिफल हासिल गरेको देखिन्छ । उदाहरणका लागि, एक टमाटरको बोटबाट करिब १२ देखी १५ किलो सम्म उत्पादन गर्न सकिन्छ, तर नयाँ कृषकले एक बोटबाट मात्र ५ देखी ७ किलो उत्पादन गरेको पाइन्छ। त्यसैगरी, रामेछाप जिल्लाका एक कुखुरापालक व्यवसायिका अनुसार, उहाँले सुरुवाती समयमा अन्य फर्महरुमा देखेजस्तै आफ्नो फर्ममा पनि लाइट बल्ब राख्नुभएछ । तर बल्ब उज्यालोको लागि नभएर जाडोमा कुखुरालाई न्यानो गराउनको लागि हो भन्ने थाहा नहुँदा उनी सि.एफ.एल बल्ब राख्न पुगेछन् । यस्ता सानातिना र प्रमुख जानकारीको अभाबमा नयाँ कृषकहरुले आफ्नो समय र परिश्रम दिदादिदै पनि असफल भएको तितो यथार्थ देख्न सकिन्छ ।

यि र यस्तै साना तथा ठुला घटनाहरु दोहोरिन नदिई  व्यवसायका जोखिम समयमै कम गर्न उदेश्यका साथ हामी उद्यमी फेलोशिप संचालन गर्दै आइरहेका छौँ ।फेलोशिप अन्तर्गत कृषि क्षेत्रमा संलग्न हुन इच्छुक व्यक्तिहरुले एउटा सफल कृषक संग ४/८ हप्ता फार्ममै बसी प्रत्यक्ष रुपमा प्राविधिक ज्ञानका साथै व्यवसायिक फार्मको उचित व्यवस्थापन सिक्ने अवसर पाउने गर्दछन् l जस्तै, कोहि च्याउ खेती गर्न इच्छुक हुनुहुन्छ भने उहाँ एक सफल च्याउ फर्ममा बसी सम्पुर्ण प्राविधिक, व्यावहारिक र व्यवसायिक ज्ञान हासिल गर्न सक्नुहुनेछ । उक्त तालिममा सहभागिले कामको अनुभव गर्नुको साथै व्यवसायको प्राविधिक र बजारिकरण सम्बन्धि ज्ञान पनि प्राप्त गर्ने अवसर पाउने गर्दछन्।

सहभागीहरुलाई ४/८ हप्ते फेलोशिप पुर्व ३ दिने कृषि उद्यम विकास तालिम पनि दिइन्छ l 

उद्यमी फेलोशिप के का लागि ?

  • व्यवसायिक तथा प्राविधिक ज्ञान 
  • व्यवसायको आधारभुत पक्षको पूर्ण जानकारी 
  • सफल व्यवसायको व्यवस्थापनमा बारे सम्पूर्ण ज्ञान 
  • स्रोत तथा साधनको प्रभावकारी उपयोग तथा खर्च न्यूनिकरण 
  • व्यवसायको मूल्य शृंखला तथा बजार बारे गहन अध्ययन 
  • व्यवसायमा हुन सक्ने संभावित चुनौति र जोखिम बारे पूर्ण जानकारी र  त्यसलाई न्यूनिकरण गर्ने तरिका 
  • व्यवसायीक योजना निर्माण

कृषि उद्यम विकास तालिमको उदेश्य:

  • कृषकहरुमा व्यवसायिक दृष्टिकोण निर्माण गर्ने 
  • कृषकहरुको व्यवसायिक क्षमता विकास गरि व्यवसायका न्यूनतम आवश्यक प्रक्रियाको ज्ञान प्रधान गर्ने 
  • कृषि व्यवसाय संग प्रत्यक्ष सम्बन्ध रहने मूल्य श्रृंखलाका पक्षहरू बीचमा सम्बन्ध  सुधार तथा बिस्तार गर्ने 
  • बजार विश्लेषण गरि स्वस्थ प्रतिस्पर्धाको मध्यमबाट बढी मुनाफा आर्जन गर्न शिप प्रधान गर्ने 

 

“साधारण रुपमा हुने २-३ दिने तालिम र सफल व्यवसायीको फार्ममा नै बसी सिक्नुमा निकै भिन्नता हुँदोरहेछ । फ़िल्डमा नै गर्दा सबै कुरा आँखा अगाडी हुने भएकोले सिजिलोसंग सिकिँदो रहेछ र यसले प्राविधिक शिप र व्यवसायीक ज्ञानलाई व्यवहारमा ढाल्न निकै सजिलो गराउँदो रहेछ । - शंकर दाहाल (उद्यमी फेलो, २०७४)

तालिमका केहि उपलब्दीहरु:

  • बिनोद राई: हाल स्वयम् च्याउ व्यवसायमा संग्लग्न नभए पनि च्याउ फर्मको ठेकेदार बनि शो क्षेत्रमा आवद्ध रहेका छन् l 
  • अजय श्रेष्ठ: तालिम समापन पश्चात श्रेष्ठले १५०० चल्ला बाट सुन्दरीजलमा ब्रोइलर कुखुरा पालन सुरु गरेका छन् l 
  • तुलसा लिम्बु: आफुले पालेको बाख्राहरुमा नियमित रोगहरु देखिए पछि तालिममा सहभागी बनेकि लिम्बुले तालिम पश्चात सिकेका प्राविधिक तथा  व्यवसायिक ज्ञान प्रयोगमा ल्याई ५० ओटा बाख्रा आफ्नो फार्ममा थप्ने सोचेकी छिन् l 
  • लौटन चौधरी: चौधरीले फार्म दर्ता गरि बर्दियामा कुखुरा पालन सुरु गरेका छन् l 

उपलव्ध तालिमहरु:

  •  च्याउ खेती
  • गोलभेडा खेती
  • बाख्रा पालन
  • गाई पालन
  • ब्रोइलर कुखुरा पालन
  •  बंगुर पालन

 


उद्यमी फेलोशिप - व्यवसायिक कृषि तालिमका प्रशिक्षकहरु

 चन्द्र तामाङ्ग, IKS कुखुरा फार्म, सुन्दरीजल, काठमाडौँ 

एक दशकबाट कुखुरा पालनमा संलग्न, श्री चन्द्र तामाङ्गले आफ्नो भतिजा संग २३ लाखको लगानीमा IKS कुखुरा फार्म संचालन गर्नु हुन्छ l उक्त फार्ममा ४ ओटा आधुनिक फार्म छन्, जसमा १०००० कुखुरा राखिने गरिन्छ l 

 सन्तोष बोगटी, बोगटी एग्रो फार्म, दहचोक, काठमाडौँ 

दैनिक रुपमा २० जनालाई रोजगार प्रधान गर्ने बोगटी एग्रो फार्मको सुरुवात ३०  रोपनी जग्गा बाट भएको थियो l सफलता संगै उक्त तरकारी  फार्म हाल ७५ रोपनीमा फस्टाएको  छ l 

 मोहन मल्ल, जे. बि. कृषि तथा पशु फार्म, रामकोट काठमाडौँ 

८ वर्ष अगी श्री मोहन मल्लले अन्य ४ जनाको साझेदारीमा जे. बि. कृषि तथा पशु फार्मको सुरुवात गर्नु भएको थियो l जस अन्तर्गत, २ लाखको  लगानीमा सुरु भएको व्यवसाय, एकिकृत  कृषि अन्तर्गत बाख्रा पालनको साथै कुखुरा पालन र तरकारी खेति गर्दै जादा, अहीले उक्त आधुनिक फार्ममा  २००/३०० कुखुरा र ७० बाख्रा छन् l 

 रमा लामीछाने र कृष्ण बस्नेत , प्रगति कृषक समुह, कपन, काठमाडौँ 

कपनको एक मात्र च्याउ उत्पादकका रुपमा प्रगति कृषक समूहको सुरुवात २० लाखको लगानीमा गरिएको थियो भने अहीले को वार्षिक आम्दानी ३० लाख पुगेको छ l 

 

हिरा राई, आदित्य कृषि कृषि फार्म, नैकिटर, काभ्रे

काभ्रे  स्थित आदित्य कृषि फार्मको सुरुवात रु. ५ लाखको लगानीमा २० ओटा सुँगुरबाट भएको थियो l सुँगुर फार्ममा सफलता मिल्दै गएपछि, २०१३ बाट उहाँले  एकीकृत सुँगुर, कुखुरा र माछा पालन अपनाए र अहीले उहाँ राम्रो मुनाफा कमाउदै हुनुहुन्छ l 

  प्रदीप राज पन्त, डेसटिनेसन् एग्रो फार्म, जहुखेत, भक्तपुर 

श्री प्रदीप राज पन्त पाँच वर्ष देखी गाई पालनमा संलग्न हुनुहुन्छ l करिब २७ लाखको लगानीमा सुरुवात गरिएको फार्म, हाल ८० ओटा गाई राखी राम्रो आम्दानी गर्न सफल भएको छ भने उक्त फार्म कृषि पर्यटनकालाई पनि प्रसिद्ध छ l 


Turn your Facebook Page into a website, instantly.

Try now for 14 days FREE

No credit card required, unsubscribe at any time. pagevamp.com